जिरीको विकास,समृद्धि र रूपान्तरणबारे पत्रकारसँग अन्तरक्रिया

जिरी/दोलखाको  जिरी नगरपालिकाको विकास, समृद्धि र रूपान्तरणका लागि हालसम्म भएका काम, आगामी योजना तथा नगरको समग्र विकास यात्राबारे जानकारी गराउने उद्देश्यले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिरी नगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासंघ दोलखाको आयोजनामा सम्पन्न कार्यक्रमले नगरको विकास निर्माण, सेवा प्रवाह, सुशासन, पर्यटन प्रवर्द्धन, कृषि तथा पूर्वाधार विकासका विषयमा व्यापक छलफलको वातावरण सिर्जना …

जातीय सदभावका लागि पञ्चेवाजा तालिम :-मेयर जिरेल

जिरी/जिरी नगरपालिकाका नगर प्रमुख  मित्र जिरेलले जातिय सद्भाव र मौलिक बाजाका संरक्षणको लागि पञ्चेबाजा को तालिम का लागि नगरपालिकाले कार्यक्रम राखेको बताउनु भएको छ । जिरी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त तालिम समापनमा आफ्नो शुभकामना मन्तव्य राख्दै सो कुरा बताउनु भएको हो।कार्यक्रमलाई सम्बोधन गर्दै मेयर मित्र जिरेलले नौमती पञ्चेबाजा नेपाली मौलिक कला, …

सगरमाथा आरोही ङवाङ नाम्गेल शेर्पालाई नव जनउत्थान साकोस द्वारा सम्मान

तेन्जिङ शेर्पा दोलखा, जेठ २३, २०८३ — दोलखाको बैतेश्वर गाउँपालिका–३, खावा स्थित नव जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी संस्थाको झण्डा शिखरसम्म पुर्‍याउने आफ्ना सदस्य ङवाङ नाम्गेल शेर्पा लाई सम्मान तथा बधाई ज्ञापन गरेको छ। संस्थाको आयोजनामा सम्पन्न सम्मान तथा बधाई कार्यक्रममा संस्थाका अध्यक्ष तेम्बा शेर्पा …

सागादावा पर्वको अवसरमा जिरीमा विशेष धार्मिक पूजा तथा अभिषेक कार्यक्रम हुँँदै

तेन्जिङ शेर्पा जिरी, दोलखा/ बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्व सागादावा को पावन अवसरमा जिरी नगरपालिका–७ हिले निगाले स्थित ङ्ग्युर उर्गेलिङ गुम्बा मा सातदिने विशेष धार्मिक पूजा तथा अभिषेक कार्यक्रम यहि १६ गतेबाट शशुरु भएको छ। गुम्बा व्यवस्थापन समितिका अनुसार यहि जेठ १६ गतेदेखि शुरु भएको र २१ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा सोलुखुम्बु सेर्लो गुम्बाका …

सगरमाथामा फहरियो हिले शेर्पा समाजको झण्डा

केदार दहाल हिले निगाले शेर्पा समाज सेवाकेन्द्र जिरी नगरपालिका वडा नं ७ काे झण्डा विश्वकाे सर्वाेच्च शिखर सगमाथाकाे टुप्पाेमा फहराएकाे छ । दोलखा जिल्ला जिरी नगरपालिका वडा न.७ निवासी ङवाङ नामगेल शेर्पा ले मिति २०८३/०२/०७ गते अर्थात सन 2026/05/21का दिन दिउँसो १२:२० को समयमा सफल आराेहण गरेसँगै समाजकाे झण्डा फहराएका छन् ।

एक वर्षको अन्तरमा जिरी हिलेका बाबु–छोरा दुवैले चुमे सगरमाथा

केदार दहाल दोलखा जिल्ला जिरी नगर पालिका वडा न.७ निवासी ङवाङ नामगेल शेर्पा ले मिति २०८३/०२/०७ गते अर्थात सन 2026/05/21का दिन दिउँसो १२:२० को समयमा विश्वको सर्वाेच्च शिखर सगरमाथाको सलफ आराेहण गरेका छन । उनले सफल आराेहण गरेसँगै सहकारी अभियानलाई थप उर्जाशिल बनाउनका निमित्त वैतेश्वर गाउँपालिका वडा नं-३ खावामा रहेकाे नव जनउत्थान बचत तथा ऋण …

पार्वतले भेटेको भाेलीपल्टै बालकृष्णले भेटे ओली उम्मेदवारी सिफारिसमा असन्तुष्टि

काठमाडौ/नेकपा एमाले दाेलखाबाट एकल सिफारिसपछि पवटीकाे सुन्तला काेसेली बाेकेर केन्द्रीय सदस्य पार्वत गुरूङले अध्यक्ष केपी ओली भेट्न पुगे । गुरूङले भेटेकाे भाेलीपल्टै इतर पक्षका बालकृष्ण शिवाकोटीले पनि अध्यक्ष ओली भेटेका छन् ।ओलीलाई भेट्न प्रतिनिधि सभाका आकाक्षी उम्मेदवार बालकृष्ण शिवाकोटी सहितका टाेली पुगेका थिए । टाेलीमा सहभागी एक सदस्यका अनुसार मंगलबार राती लामाे समय समसामयिक विषयमा …

क्याम्पोलमा किवी प्रशोधन उद्योग

दिलबहादुर केसी दोलखा/दोलखाको दुर्गम गाउँ क्याम्पोलमा किवि प्रशोधन उद्योग संचालनमा आएको छ । किबीको उत्पादन बढेपछि कालिञ्चोक गाउँपलिकाको वडा नम्वर १ को क्याम्पोलमा उद्योग संचालन गरिएको हो। अधिकांश थामी समुदायको बसोबास रहेको सो क्षेत्रका १० जना कृषकहरुले किवि प्रशोधन सम्बन्धी तालिम लिएपछि उद्योग स्थापना भएको हो । उद्यमीलाई जाम, क्यान्डी र चाना उत्पादन सम्बन्धि तालिम …

कालिञ्चाेककाे विज्ञान प्रदर्शनीमा कालिका मावि उत्कृष्ट

सुनखानी,२८ मंसिर/कालिञ्चाेक गाउँपालिका स्तरीय विज्ञान प्रदर्शनीमा कालिका मावि सुन्द्रावतीका विद्यार्थी उत्कृष्ट भएका छन् । कालीनाग मावि सुनखानीमा भएको पालिकास्तरीय विज्ञान प्रदर्शनी प्रतियोगिता आयोजना भएको थियाे । प्रदर्शनीमा वातावरणीय सन्तुलन कायम गर्दै ऊर्जा उत्पादन र वितरण सम्बन्धि एकीकृत प्रणालीकाे कालिका माविका विद्यार्थीले प्रदर्शनीमा भाग लिएका थिए ।प्रतियोगितामा कालीनाग मावि सिंगटीले दाेस्राे र कालीनाग मावि सुनखानीले तेस्रो …

उप्रेतीको संयोजकत्वमा उज्यालो नेपाल पार्टी दोलखा गठन

चरिकोट/हिरण्यराज उप्रेतीको संयोजकत्वमा उज्यालो नेपाल पार्टी दोलखा गठन भएको छ । राजधानीको कोटेश्वरमा भएको भेलाले उप्रेतीको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरेको हो । भेलामा केन्द्रीय सदस्य डा.बिशाल कुमार भण्डारीले दोलखामा पार्टी विस्तारको कार्यलाई निरन्तररुपमा अघि बढ्ने बताउनुभयो । भण्डारीले भन्नुभयो “यो पार्टी जेनजी आन्दोलनको जगमा बनेको पार्टी हो । पुराना पुस्ताको ज्ञान र नयाँ …