फ्रेण्डसिप खबर
Breaking राजनीति समाचार

रिटर्नी सेन्टर नेपाल दाेलखाकाे प्रथम जिल्ला सम्मेलन चरिकोटमा

केदार दहाल
दाेलखा/“एक रिटर्नी एक उद्यम, उत्पादन र प्रबिधिको माध्यम” भन्ने मुल नाराका साथ रिटर्नी नेपाल दाेलखाकाे प्रथम जिल्ला सम्मेलन भाेलि चरिकोट स्थित नेकपा माओवादी केन्द्रकाे पार्टी कार्यालय चरिकोटमा हुने भएको छ ।

नेकपा माओवादी केन्द्र निकट भातृ संगठन रिटर्नी नेपाल दोलखाका अध्यक्ष दिनेश गुरुङका अनुसार जिल्ला भित्रका सबै स्थानीय तहका नेता लगायत सम्पुर्ण माओवादी पार्टीमा आवद्ध सदस्यहरुलाई उपस्तिथिका लागि अनुरोध गरेका साथै सम्मेलनले जिल्ला र ९ वटै पालिकाकाे पालिका स्तरीय नयाँ कमिटी गठन समेत गर्नेछ ।

रिटर्निले विशेषत वैदेशिक रोजगारीबाट फेर्कका युवाहरुले विदेशमा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गर्न र विदेशमा रहेका पीडित नेपालीको समस्या समाधानका लागि यस सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने गुरुङको भनाइ छ ।

याे पढ्न छुटाउनु भयाे की ?

सामाजिक सुरक्षा कोषलाई बहुआयामिक बनाउँदैछौ :-श्रम मन्त्री

Friendship Khabar

एमाले उम्मेद्बार शिवाकोटी विरूद्ध उजुरी

Friendship Khabar

राजनीति सुधार एक बहस

Friendship Khabar