फ्रेण्डसिप खबर
अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

नव जन उत्थान साकोषद्वारा आर्थिक सहयोग

केदार दहाल

वैतेश्वर/दोलखाको वैतेश्वर गाउँपालिका स्थित नव जनउत्थान साकोषले संस्थामा आवद्ध शेयर सदस्य हरुलाई आर्थिक सहयोग गरेको छ।

सहकारीका सिद्धान्त मध्य समुदाय प्रती चासो वा सामाजिक उत्तरदायीत्व अन्तर्गत संस्थामा आवद्ध पूर्ण अपांगता भएका,मुटु,क्यान्सर,मृगौला र प्यारालाइसिसका बिरामी शेयर सदस्य हरुलाई सहयोग गर्ने नीति बमोजिम सदस्यका घरमै गएर संस्थाका अध्यक्ष तेन्जिङ शेर्पा सचीव केदार दहाल,कोषाध्यक्ष सुकु शेर्पा सहितको टोलि गएर आर्थिक सहयोग गरेको हो।

नव जन उत्थान साकोसको आर्थिक राहात दिने सदस्य स्वास्थ कल्याण निति अनुसार आज वैतेश्वर ३ मिर्गे ठाडे निवासी श्याम ब तमाङ,जिरी नगरपालिका ८ होसिंङ्गा निवासी  कृतिनारायण श्रेष्ठ,वडा नं ८ निगालेकै फुरमाया शेर्पा,वृष बहादुर भुजेल,सुमन खत्री लगाएत ७ जना सदस्य  लाई स्वास्थ लाभको कामना गर्दै घर-घरमा नै पुगेर नगद ७ हजारको दरले आर्थिक सहायता प्रदान गर्ने कार्य गरिएको हो।

वैतेश्वर गाउँपालिका वडा नं ३ खावा डाडामा मुख्य कार्यालय रहेको जन उत्थान साकोषले वैतेश्वर गाउँपालिका र जिरी नगरपालिका लाई कार्यक्षेत्र बनाई कारोबार गरिरहेको छ।संस्थामा हाल तीन हजार दुई सय शेयर सदस्य तथा कुल पुजी १६ करोड ५२ लाख रहेको छ।गत बर्ष मात्र वैतेश्वर ३ मिर्गे यार्सा स्थित जन उत्थान साकोष,जिरी नगरपालिका वडा नं ७ का वैशाखेश्वर महादेव साकोष र नवज्योति साकोष बिच एकीकरण गरि नव जन उत्थान बचत तथा ऋण सहकारी को नाममा संयुक्त कारोबार गरिएको हो।

याे पढ्न छुटाउनु भयाे की ?

बलेफी गाउँपालिका अध्यक्ष द्वारा एमाले परित्याग

Friendship Khabar

शिक्षक निवृत्तिभरण सम्बन्धी अध्यादेशप्रति आपत्ति, देशव्यापी आन्दोलनकाे चेतावनी

Kedar Dahal

जिरी अस्पतालका समस्या बारे स्वास्थ मन्त्री लाई ध्यानाकर्षण

Friendship Khabar