फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश राजनीति

स्वतन्त्र पार्टीबाट दाेलखामा खरेल उठ्ने, समानुपातिकमा दाहाल

दोलखा /राष्ट्रिय स्वतन्त्र पार्टीले दाेलखा बाट जगदीश खरेललाई  प्रत्यक्षतर्फ र समानुपातिक उम्मेदवारका लागि नन्दलाल दाहाललाई सिफारिस गरेकाे छ।

कालिञ्चाेक गाउँपालिका वडा नं ८ स्थायी घर भएका खरेल इन्जिनियर हुन् भने वैतेश्वर ३ मिर्गे घर भएका दहाल चरिकोटका स्थापित ब्यबसायी हुन। सानै उमेरदेखि व्यवसायमा लागेका खरेल हाइड्रोपावर सहितका कम्पनीकाे नेतृत्व गर्दै अाएका छन् । उनलाई संघीय संसदका लागि उम्मेदवार बनाउन लागिएको छ ।

प्रतिनिधि सभाका लागि एक मात्र क्षेत्र रहेकाे दाेलखामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिन लागेको खरेलले बताए ।

पुराना दलमा एउटै व्यक्ति २०४८ देखि लगातार उसकाे मात्र जस्तो गरि छाड्दैनन् । युवाहरूले लहर रहेकाले अाफूलाई उम्मेदवार बनाउन युवाहरूकै पहलमा शनिबार बसेकाे पार्टीको जिल्ला  समितिले निर्णय गरेकाे बताए ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखाका होटलको सेवा सुविधा सुधार सहित ७ बुँदे साझा निष्कर्ष सार्वजनिक

Nabin Kumar Khatiwada

दाेलखाली समाज दक्षिण काेरियाद्वारा विद्यार्थीलाई ट्रयाक सुट वितरण

Kedar Dahal

नेकपा एमाले दोलखाको अध्यक्ष नर श्रेष्ठ सचिबमा हिरा थोकर बिजयी

Friendship Khabar