फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश राजनीति

एमाले ओलि गुटमात्र भयो:- महासचिव भुसाल

सल्यान/नेकपा (एकीकृत समाजवादी) का घनश्याम भुसालले नेकपा एमाले, पार्टी नभएर ओेली गुटमात्र भएको टिप्पणी गनुभएको छ ।
पार्टीको नीतिअनुसार नेता चल्नु पर्नेमा एमालेमा नेतावादी नीति मौलाउँदै गएको चर्चा गर्दै उहाँले एमाले ओेली रूचाउनेहरूको झुन्डमात्र भएको टिप्पणी गर्नुभएको हो । जसका कारण संसद विघटन देखी नेकपा विभाजन हुदैँ एमाले फुटेको उहाँको भनाइ छ ।

समाजवादी प्रेस संगठन नेपाल, सल्यानले शुक्रवार खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव भुसालले यस्तो बताउनुभएको हो । ‘बामपन्थि कम्युष्टि पार्टी एक हुनुको साटो ओलीकै कारण एमाले फुटेको हो, हामीले विचार र सिद्धान्त मिल्ने कम्युनिष्ट पार्टीका विचमा एकताको कुरा गरिरहेका छौँ, तर ओलीकै कारण तत्काल एमालेसँग एकताको सम्भावना छैन्’ उहाँले भन्नुभयो ।
उहाँले पार्टीको प्रशिक्षण शैलीमा सुधार गर्नुपर्ने जनाउँदै लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रहेको दावी गर्नुभयो । ‘लोकतन्त्रमा देश बनाउने शक्ति भनेको नै पार्टी हो, देशको अर्थतन्त्र बनाउने र देश बनाउनका लागि विचार र विमर्शसहितको पार्टी आवश्यक छ, त्यो पार्टी भनेकै नेकपा एकीकृत समाजवादी पार्टी हो’ उहाँले भन्नुभयो ।
भुसालले आफ्नो पार्टी महाधिबेशन केन्द्रित भएको र महाधिबेशनबाट पार्टी राजनितिक र सांगठिक रुपमा बलियो बन्ने बताउनुभयो । ‘पछिल्लो राजनितिक सन्नटाको बारेमा हामीले देशभर पार्टीका नेताकार्यकर्ता र आमनागरिकलाई जानकारी दिने तयारी गरेका छौँ’ उहाँले भन्नुभयो । महासचिव भुसालले समाजवादी मोर्चाले सरकार टिकाउन मात्रै ध्यान नदिएर जनताका मुद्धामा केन्द्रित भएर काम गर्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा पार्टीका उपमहासचिव एवम् भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, केन्द्रिय सदस्य लक्षमण केसी,जिल्ला अध्यक्ष हरी केसी लगाएतको सहभागिता रहेको थियो।संगठनका जिल्ला अध्यक्ष बुद्धि पुनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण उपाध्यक्ष बामदेव केसीले गर्नुभएको थियो ।
यसैविच नेकपा एकीकृत समाजवादी सल्यानको जिल्ला कमिटीको पुर्ण बैठक पार्टीका महासचिव भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

वैतेश्वरकाे १३औं गाउँ सभा तथा अधिवेशन सम्पन्न, मुख्य सडकहरु प्राथमिकतामा

Kedar Dahal

प्रचार विभाग प्रमुख खतिवडालाई कोराना संक्रमण पुष्टि

Friendship Khabar

सुनमा लगाएको बिलासीता कर हटाउन माग गर्दै ध्यानाकर्षण

Nabin Kumar Khatiwada